रोचक

कस्तो अच्चम गाँउमा नाग देवता प्रकट भए पछि पुजा गर्नेको भिड,सुत्नेबेला नागको दर्शन गरौं लाइक,कमेन्ट गरौं ।

तुल्सीपुर ४ बनहरिस्थित केशरा पोखरेलको जग्गामा गत दुई सातादेखि नाग सर्प देखा परे पछि पुजा गर्नेको भिड लागको छ ।स्थानीयले नाग देवता उत्पत्ति भएको भन्दै पूजा गर्दै आएका छन् ।

यसको चर्चा बढे सँगै टाढाबाट पनि पुजा गर्न आउनेको भिड लागको हो ।

के छ त नागकाे महत्व ?

नागलाई पानी र बर्षाका देवता, जुन घरमा नागको बास हुन्छ त्यहा लक्ष्मीको बास हुन्छ भन्न धार्मिक विश्वासका साथ नागपुजा गरिने प्रचलन छ ।

बर्षा गराउने देवताको रुपमा पुजिने नागराजको पूजाआजा गरि नागपञ्चमी मनाउने गरिएको छ । किसानका लागि पानीको जोहो गरिदिएको खुसीयालीमा रोपाई सकिए लगत्तै नागराजालाई सम्झदै नागको वासस्थान मानिने पोखरी खोलानाला, ढुंगेधारा इनार आदि स्थानमा गई नागलाई पुज्ने गरिन्छ ।

नागको पूजा गर्नाले लक्ष्मीको बास हुने शत्रु नास हुने तथा विभिन्न प्रकारका दुःख कष्ट भय टाढिदै जाने जनविश्वास भएका कारण पनि नागपञ्चमीका दिन देशभरका नाग मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । यस दिन नागलाई मनपर्ने बस्तु दूध राखि विहानै चोखोनिति गरि घरघरमा नागको चित्र अंकित तस्वीर टाँस्ने गरिन्छ । यसरी नागको चित्र टाँस्नाले सर्प भय हुदैन धार्मिक विश्वास छ ।

राजधानीभित्र नक्सालको नागपोखरी चोभारको टौदह, धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरी चाँगुनारायणको किलेश्वर दह लगायतमा विहानैदेखि भक्तजनको भीड लाग्ने गर्दछ । नेवारी भाषमा ‘ना’ भनेको पानी ‘ग’ भनेको बासस्थान भन्ने बुझिन्छ । पानी पार्ने देवताको रुपमा पुजिने नागको पूजाआजा गर्दै मनाइने नागपञ्चमीलाई नेवार समुदायले विशेष दिनको रुपमा लिने गर्दछन ।

नेवार समुदायले मनाउने विभिन्न जात्राहरुपनि नागसँग सवन्धित रहेका छन् । विस्केट, रातो मछिन्द्रनाथ, बज्रयोगिनी, पनौतीको उन्मत्त भैरव लगायतका जात्रा तथा पर्व नागसँग सवन्धित हुन । नागपञ्चमीलाई बर्षा ऋतुको अन्तिम दिनको रुपमा समेत गरिएकाले यही दिनवाट जाडो मौसम शुरु हुने जनविश्वास पनि रहदै आएको छ ।

Share this:

Related Articles

Close