समाचार

१८० पटक उठबस गराउँदा विद्यार्थी बेहोस !

काठमाडौं। ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै ।

कारण खोतल्दा थाहा भयो- गणित शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलाई लगातार १८० पटक उठबस गर्न लगाएछन् । १५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए ।

यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर भलामा दौड्दै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए । झन्डै आधा घण्टापछि उनको होस फिर्यो ।

हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो । विद्यालयले घटना गुपचुप राख्न खोज्यो । अभिभावकलाई जानकारी नै गराएन ।

होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् । बाबु कुटनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

चितवन, २१ चैत । रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको माला लगाईदिएका हुन् ।

३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २÷ २ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाउने काम गरेको भन्दै बिद्यार्थीहरुले ओभामाथि कालोमोसो दल्नु परेकोे बताए । बिगत वषौ वर्ष देखि ओझाले बिद्यार्थीको भविष्यमाथि खेलवाड गरि यसरी नै कक्षा चलाउदै आएको र विरोध गर्ने कोहि निस्के उसको प्राक्टिकल नम्वरनै कम दिएर दुःख दिने गरेको बिद्यार्थीको आरोप छ ।

यस पटक पनि उनको शिक्षण सिकाई क्रियाकलापको बिरोध गरेका चौथो सत्रान्तको ४ जना बिद्यार्थीको नम्वर निकै कम दिएपछि बिद्यार्थीहरु थप आन्दोलित बनेको र प्रशासनलाई ओेझाको प्रवृतिका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि बिद्यार्थी आफैले कारवाही गर्नु परेको बिश्वबिद्यालय बिद्यार्थी नेता बामदेव रेग्मीले बताउनु भयो ।

एउटा प्राध्यापकको भन्दा पनि विश्वबिद्यालयका समग्र प्राध्यापकहरुको प्रवृतिकाबिरुद्ध आफुहरुको सघर्ष रहेको नेता रेग्मीको भनाई छ । यता यस विषयमा प्राध्यापक अmोझासंग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन ।

News24nepal

रामेछापको हिमगंगा गाविस घर भएकी सुनीता श्रेष्ठ हाल माइतमा बस्दै आएकी छन् । उनी जन्मदिने बाबु आमाको मायाले माइत छाड्न नसकेकी होइनन् न त घरमा खान लाउन नपुगेर नै हो । सुनिता रामपुर गाविस-४ चारघरेस्थित माइतमा बस्दै आउनुको कारण हो, श्रीमानले धर्म परिवर्तन गर्न दिएको दबाव ।

‘तेरा बा-आमाको कुरा सुनेर हामीले भनेको धर्म मानिनस् । अब तँसँग मेरो कुनै सम्बन्ध छैन । कि हिन्दु धर्म छाड् कि मलाई छाड् भनेर धम्की दिए, ‘सुनिताले भनिन्, ‘श्रीमानले पटक-पटक धम्की दिएपछि घरमा बस्न सकिँन ।’

रामेछापको रामपुर गाविस- ४ का भुवनलाल श्रेष्ठका १ छोरा र २ छोरी मध्येकी जेठी छोरी हुन् सुनिता । सुनिताले ०६८ सालको चैत महिनामा रामेछापकै हिमगंगा गाविसका नरबहादुर सुनुवारसँग भागी विवाह गरिन् ।

त्यतिबेला उनी ९ कक्षामा पढ्दै थिइन् भने सुनुवारले एसएलसी दिएका थिए । सुनुवारको एसएलसी परीक्षा सकिएकै दिन उनीहरुले भागी विवाह गरे । ०६९ सालमा प्रेमको निशानीको रुपमा उनीहरुकी छोरी जन्मिइन् । सम्बन्ध पनि राम्रै थियो ।

सुनिताले विवाह गर्नु अघि नरबहादुरका माहिला दाजु नरेश सुनुवार क्रिश्चियन धर्म मान्दथे । परिवारका अन्य सदस्यहरुले हिन्दु धर्म नै मान्दथे । उनको विवाहपछि श्रीमान नरबहादुरसहित र परिवारका अरु सदस्यहरुले पनि हिन्दु धर्म परिवर्तन गरी क्रिश्चियन धर्म मान्न थाले ।

परिवारमा सुनिता मात्र हिन्दुधर्म मान्ने भइन् । त्यसपछि उनीमाथि धर्म परिवर्तनका लागि दबाव सुरु भयो ।

सुनिताले भनिन्, ‘छोरी बारम्बार बिरामी पर्न लागी, त्यसको सबै दोष मैले धर्म परिवर्तन नगरेको भनेर लगाइयो । छोरीलाई उपचारका लागि काठमाडौं लगें । त्यहाँ पनि श्रीमानले धर्म परिवर्तन गर्न दबाव दिए । धर्म परिवर्तन नगरेको भन्दै छोरी र मलाई वास्तै गरेनन् ।’

काठमाडौंमा आफन्तकोमा बसेर छोरीको उपचार गराएपछि सुनिता घर फर्किन सकिनन् र माइतमै बसिन् । हिन्दु धर्म त्यागेर क्रिश्चियन धर्म मान्न दिन-रात दबाव दिने परिवारबाट उनले आफू र छोरी असुरक्षित भएको महसुस गरिन् ।

माइत बस्दै आए पनि उनलाई न त श्रीमानले, न त घर परिवारका अरु सदस्यहरुले नै सोधखोज गरे ।

हाल श्रीमानले अरु नै केटीहरु लिएर हिँडेको भन्ने सुनेकी भए पनि उनी कत्ति पनि बिचलित छैनन् । धर्मका नाममा आफूलाई पीडा दिने परिवारलाई कारवाही गरी आफ्नो अधिकार स्थापित गर्ने अठोट छ सुनिताको । त्यसका लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताउँछिन् उनी ।

‘घरका सबै क्रिश्चियन धर्म मान्छन्, म एकजना मात्र हिन्दु धर्म मान्ने हो । त्यसैले मलाई धर्म परिवर्तनका लागि दबाव दिएर उनीहरुले घरमा बस्न दिएनन्,’ सुनिताले भनिन्, ‘म बरु लोग्ने छाडिदिन्छु, तर धर्म परिवर्तन गर्दिनँ ।’

छोरीलाई परेको समस्याले उनका बाबु भुवनलाल श्रेष्ठ दिक्क छन् । भुवनलालले छोरीलाई धर्म परिवर्तन गरी परिवारसँग आनन्दले बस्न सुझाव समेत दिए । तर, अहँ सुनिताले मानिन् ।

‘क्रिश्चियन धर्म मान्दा परिवार मिल्छ भने त्यही धर्म मान् भनेर मैले त छोरीलाई सम्झाएको छु,’ भुवनलालले भने, ‘तर ऊ मान्दिँन, बरु लोग्ने छाडिदिन्छु, हिन्दु धर्म छाड्दिन भन्छे ।’

from citydainik.com

Related Articles

Close