रोचक

यस्तो मन्दिर जहाँ मनले चाहेको पूरा हुनेगर्छ बिश्वास नलागे दर्शन गरि एक सेयर गर्नुहोस

डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् । उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् ।मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ । वर्षौंदेखि मन्दिरमा बिहान तथा साँझ पूजा एवम् भजनकीर्तन हुँदै आएको छ ।

स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन् । पुस्तौँदेखि पूजा गर्दै आएका मुख्य पुजारी तीर्थज्योति वज्राचार्य दैनिक सयौँ भक्तजन मन्दिरको दर्शन गर्न आउने भएकाले पूजाको व्यवस्थापन गर्न चुनौती हुने गरेको बताए । आफ्ना पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिने र जनताको सेवा गर्ने सुवसर पाएकामा आफू भाग्यमानी रहेको उनको भनाइ छ । उनका पाँच पुस्ताले एक सय २० वर्षदेखि पूजा चलाउँदै आएका छन् ।

दैनिक पूजामा खटिने पुजारीले मासिक तलब रु पाँच सय र पूजा खर्च रु दुई हजार २०० पाउँछन् । मन्दिरमा प्रत्येक महिना सरदर रु दुई लाख भेटी सङ्कलन हुने गरेको पुजारी वज्राचार्यले जानकारी दिए । विशेषगरी मङ्गलबार, बिहीबार र शनिबार यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ । आफूले चाहना गरेको कुरा देवीसँग माग्दा पूरा हुने भक्तजनको विश्वास रहिआएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा दैनिक बिहान बेलुका गरी पाँच सयदेखि छ सय दर्शनार्थी पूजाअर्चना गर्छन् ।

त्यसैगरी प्रत्येक वर्ष कुकुर तिहारका दिन यहाँ विशेष मेला लाग्ने गर्छ ।नरिवल, लड्डु एवम् अन्य पूजा सामग्रीले पूजा गरिन्छ । मन्दिरमा बडादसैँको नवरात्रिमा पशुबलि दिइँदै आएको छ । बस्तीको बीचमा रहेको सो मन्दिर परिसरमा गर्मीमा पीपलको छहारीमा शीतलता लिने र जाडो याममा घाम तापेर न्यानो लिने खुला स्थान भएकाले पनि थकाइ मार्न र फुर्सदको समय सदुपयोग गर्नेहरु थुप्रै भेटिन्छन् ।

एउटै युवतीसँग साख्खै दाजुभाइको प्रेम, भाइका लागि दाजुले दिए जीवनकै बलिदानी…

एजेन्सी। एउटै युवतीसँग साख्खै दाजुभाइ प्रेममा परेपछि सुरु भएको प्रेमकथाको निकै दर्दनाक अन्त्य भएको छ । भाइका लागि दाजुले आफ्नो जीवनकै बलिदानी दिएका छन् । आफ्नो प्रेम सम्बन्ध भएकी युवतीलाई आफ्ना भाइले पनि एकतर्फी प्रेम गर्न थालेपनि ती दाजुले आत्महत्या गरेका हुन् ।

आफ्नो भाइ नै दाजुको दुश्मन बनेपछि दाजुको जीवनको दुखद् अन्त्य भएको यो घटना भारतको कानपुरमा भएको हो । यहाँ रेलवे ट्रयाकमा एक युवकको लाश टुक्रा टुक्रा परेको हालतमा थियो । अगाडिबाट अर्को ट्रेन आउँदै थियो ।

ती मृतकका भाइले दाजुको लाशलाई ट्रेनमुनि पर्न नदिन हतारहतार बाहिर तान्दै थिए । यो मार्मिक दृश्य देखेर त्यहाँ भएका मानिसहरुको आँखामा आँसु आयो ।

पछि बुझ्दै जाँदा मृत्युको कारण एक युवती थिइन् । यहाँ प्रभा शर्मा आफ्ना ४ छोरा र २ छोरीसँग बस्थिन् । उनीहरुमध्येका साइँला २० वर्षका अनुप र कान्छा १८ वर्षका मयंक निकै नजिक थिए । उनीहरुको सम्बन्ध नजिकको साथीजस्तै थियो ।

दुवै धेरैजसो सँगै रहन्थे र सँगै जागिर पनि गर्दथे । यी दुवै दाजुभाइ एउटै युवतीलाई मन पराउँथे । ती युवतीसँग दाजु अनुपले फोनमा कुराकानी पनि गर्दथे ।

यो जान्दाजान्दै पनि भाइ मयंकले उही युवतीलाई एकतर्फी प्रेम गर्न थाले । यही कारण दुई दाजुभाइमा अक्सर झगडा परिरहन्थ्यो । तर, एकाएक दाजु अनुपले भाइको बाटो खोलिदिने निर्णय गरेर आत्महत्या गरे ।

Related Articles

Close