भिडियो

प्रकाश सपुत र प्रिती आलेको दोहोरी ब्याटल भाग-२ सार्वजनिक : ( भिडियो )

काठमाडौं । केहि विवाद र अत्यधिक चर्चा विच सबैको मन मुटुमा बस्न सफल प्रकाश सपुतको गीत दोहोरी ब्याटलको दोस्रो भाग सार्वजनिक भएको छ।

नेपाली गीत संगीतलाई माया गर्ने दर्शक तथा श्रोता हरु निकै पर्खि रहेको उक्त ब्याटल भाई दुई शुक्रवार राती सार्वजनिक गरिएको हो । नेपाली गीत संगीत क्षेत्रमा छुट्टै तरङ्ग पैदा गरे संगै नेपाली गीत संगीतको धारनै परिबर्तन गर्न सफल प्रकाश र प्रितीको उक्त ब्याटल दोहोरी को पहिलो भाग चर्चा परिचर्चा संगै निकै बिबादमा पनि तानिएको थियो।

बिबादमा परे पनि उक्त गीतको चर्चा भने कम भयन अन्नत लाखौं दर्शक श्रोताको रोजाईमा परेको उक्त दोहोरी ब्याटलको दोश्रो भाग पनि सार्वजनिक हुन सफल भयो।

गीत सार्वजनिक भय संगै गीतले निकै सफलता पाउने देखिन्छ पहिलो भाग भन्दा अलि फरक शैलीमा तयार भयको उक्त दोहोरी ब्याटलका लेखक अनी संगीतकार गायक प्रकाश सपुत नै हुन् भने गीतको भिडियो मा पनि प्रकाश र सपुत पहिले भन्दा अलि फरक रुपमा देखिएका छन्। भिडियोलाई गायक प्रकाश सपुत आफैले निर्देशन गरेका हुन भने छायांकन किरण चैसीर र सम्पादन प्रबिन भट्टले गरेका हुन्।

हेर्नुहोस भिडियो

एउटै युवतीसँग साख्खै दाजुभाइको प्रेम, भाइका लागि दाजुले दिए जीवनकै बलिदानी…

एजेन्सी। एउटै युवतीसँग साख्खै दाजुभाइ प्रेममा परेपछि सुरु भएको प्रेमकथाको निकै दर्दनाक अन्त्य भएको छ । भाइका लागि दाजुले आफ्नो जीवनकै बलिदानी दिएका छन् । आफ्नो प्रेम सम्बन्ध भएकी युवतीलाई आफ्ना भाइले पनि एकतर्फी प्रेम गर्न थालेपनि ती दाजुले आत्महत्या गरेका हुन् ।

आफ्नो भाइ नै दाजुको दुश्मन बनेपछि दाजुको जीवनको दुखद् अन्त्य भएको यो घटना भारतको कानपुरमा भएको हो । यहाँ रेलवे ट्रयाकमा एक युवकको लाश टुक्रा टुक्रा परेको हालतमा थियो । अगाडिबाट अर्को ट्रेन आउँदै थियो ।

ती मृतकका भाइले दाजुको लाशलाई ट्रेनमुनि पर्न नदिन हतारहतार बाहिर तान्दै थिए । यो मार्मिक दृश्य देखेर त्यहाँ भएका मानिसहरुको आँखामा आँसु आयो ।

पछि बुझ्दै जाँदा मृत्युको कारण एक युवती थिइन् । यहाँ प्रभा शर्मा आफ्ना ४ छोरा र २ छोरीसँग बस्थिन् । उनीहरुमध्येका साइँला २० वर्षका अनुप र कान्छा १८ वर्षका मयंक निकै नजिक थिए । उनीहरुको सम्बन्ध नजिकको साथीजस्तै थियो ।

दुवै धेरैजसो सँगै रहन्थे र सँगै जागिर पनि गर्दथे । यी दुवै दाजुभाइ एउटै युवतीलाई मन पराउँथे । ती युवतीसँग दाजु अनुपले फोनमा कुराकानी पनि गर्दथे ।

यो जान्दाजान्दै पनि भाइ मयंकले उही युवतीलाई एकतर्फी प्रेम गर्न थाले । यही कारण दुई दाजुभाइमा अक्सर झगडा परिरहन्थ्यो । तर, एकाएक दाजु अनुपले भाइको बाटो खोलिदिने निर्णय गरेर आत्महत्या गरे ।

Related Articles

Close