समाचार

आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस्

हिन्दुधर्मअनुसार बुध ग्रहलाई विष्णुको अवतार मानिन्छ । विष्णु भगवानसँग धन सम्पति वैभव जोडिएको हुन्छ । बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ । बुधलाई महत्वपूर्ण तथ्यहरु वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक को रुपमा मानिन्छ ।

यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस् । यसले समस्याबाट छुटकारा मिल्छ । यदि यस्तो समस्याहरु आएका छन् भने त्यसको प्रभावलाई विभिन्न उपायहरु अपनाएर हटाउन सकिन्छ । साथै बुधबार विष्णु भगवानको पुजा आरधना गर्नाले विद्या, धन तथा व्यापारिक उन्नतिको साथै बुढेसकाबाट टाढा रहन सकिन्छ ।
त्यस्तै यी बाहेक अन्य कार्यहरु पनि गर्न सकिन्छ । हेरौँ केके हुन् त रु

१.बुध ग्रहलाई प्रसन्न बनाउनको लागि भगवतीको पुजा गर्ने ।

२.बुधबारको दिन हरियाली घाँसपात खोजेर वस्तुभाउलाई खुवाउने ।

३.समलिंगीहरुको सेवा गर्ने ।

४.हरियो चना भिजाएर बुधबारको दिन चराचुरुङ्गीलाई खुवाउने ।

५.नौ वर्ष भन्दा कम उमेरका कन्याका खुट्टा धोएर उनीहरुबाट आर्शिबाद लिने ।

६.बुधबार भगवान विष्णुको व्रत बस्ने ।

७.बुध ग्रहको अशुभफललाई शुभमा परिवर्तन गर्न गणेशको पुजा गर्ने ।

८.यदि तपाई धनको अपेक्षा गर्नुहुन्छ भने श्री गणेशलाई बुधबारको दिन घ्यू र सख्खर चढाउने ।

Related Articles

Close