समाचार

कन्चनपुरबाट आयो फेरी निकै दुखद खबर : युवकको टाउको र शरिर अलग भएको अवस्थामा भेटियो शव, यस्तो छ निकै डरलाग्दो अवस्था

कन्चनपुरबाट आयो फेरी निकै दुखद खबर : युवकको टाउको र शरिर अलग भएको अवस्थामा भेटियो शव, यस्तो छ निकै डरलाग्दो अवस्था

कञ्चनपुर, २ बैशाख । गत बिहिबार छिमेकि गाउँमा जन्ती गएका कन्चनपुरका एक युवकको घाँटी रेटी हत्या गरिएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–८ बिचवाका १९ वर्षीय सुविल बडायक बेपत्ता भएको चार दिनपछि घाँटी रेटी हत्या गरिएको अवस्थामा मृत फेला परेका हुन् ।

आफ्नो गाउँबाट नजिकैको कलुवापुरमा जन्ती गएका उनी त्यसै दिनदेखि बेपत्ता भएकोमा खोजि गर्दा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरपरिवारबाट सम्पर्कबिहिन भएको ४ दिनपछि बडायकको शव गाउँ नजिकैको उग्रतारा सामुदायिक वनमा पर्ने लम्बा चाँदर भन्ने स्थानको न्युरा खोलामा हत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रैकवार बिचवाका प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकरी दिए ।

मृतक युवकको घाँटी रेटेर हत्या गरि जमिनमुनि आधा शरिर गाडेको अवस्थामा भेटिएको थियो ।

गत चैत २८ गतेदेखि हराएका बडायकले लगाएको टि-सर्ट भने यसअघि नै रगत लतपतिएको अवस्थामा फेला परिसकेको प्रहरी नायब निरीक्षक कुँवरले बताए ।

प्रहरीले युवकको हत्यामा संलग्न भएको आशंकामा कलुवापुरका १८ वर्षिय अयोध्या राना, प्रमोद राना र १६ वर्षिया किशोरी शिवानी रानालाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान अगाडी बढाएको छ।

Related Articles

Close