एसपी बिष्ट, उनका छोरा, मेयरका भतिजाको डिएनए नमिलेपछि महेन्द्रनगर फेरी आन्दोलीत

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मला पन्तको हत्यारा सार्वजनिक गर भन्दै महेन्द्रनगरमा आइतबार साँझ राँके जुलुस निकालेको छ ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या आरोप लागेका निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट सहित तीन जनाको डिएनए रिपोर्ट आइतबार दिउसो सार्वजनिक भएको थियो ।

तीनै जनाको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग नमिलेको बताइए संगै नेपाली कांग्रेस तथा नेपाल विद्यार्थी संघ झन आन्दोलीत बनेको हो । यो खरब आजको नेपाल समाचारपत्रमा छापिएको छ ।