अश्लिल साइट बन्द गरे यौनकुण्ठा बढ्छ, पोर्न भिडियो हेर्दा यौनकुण्ठा हराउँछ : प्रियंका कार्की

नेपाल सरकारले बलात्कारका घटना बढ्नुमा पोर्न भिडियोहरुमाथिको सहज पहुँच कारक रहेको बताइरहेका बेला नायिका प्रियंका कार्की भने यसको विपक्षमा देखिएकी छन् । मोवाइल–मोवाइलमा पहुँच हुने पोर्न भिडियोहरुकै कारण बलात्कारका घटना बढिरहेको र यस्तो कार्यप्रति मानिसलाई उकासीरहेको ठहर गर्दै पोर्न साइटहरु बन्द गर्ने तयारीमा रहेको सरकारको कदमप्रति फरक विचार राख्दै नायिका कार्कीले यसो गरेर बलात्कारका घटना नरोकिने बताएकी छन् ।

उनले पोर्न साइट बन्द गर्नु बलात्कार र यौनजन्य हिंसा नियन्त्रणको सही समाधान नहुने बताएकी छन् । आफ्ना विचार खुला रुपमा राख्ने प्रियंकाले यस्ता साइट बन्द गरिए यौनजन्य हिंसाका घटना कम हुनुको साटो थप बढ्न सक्ने बताएकी छन् ।

उनले पोर्न साइटले ‘यौन कुण्ठा’ लाई कम गर्न सहयोग पुर्‍याइरहेको दावी गर्दै भनेकी छन्, ‘मान्छेले चाह्यो भने पोर्न मुभी हेर्न धेरै उपाय छन्, सिडी किनेर पनि हेर्न सक्छ । यसैले यो सही होइन कि भन्ने लाग्छ मलाई त ।’

‘कथा काठमाडौं’ चलचित्रको एक हट दृष्यका कारण चर्चा र आलोचना दुबै पाइरहेकी प्रियंकाले भनिन्, ‘अश्लिल साइट बन्द गरे मानिसमा थप यौनकुण्ठा बढ्छ, यसले अपराधतिर अघि बढाउँछ ।’

सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता साइटमाथि बन्द गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसकेको छ ।

सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्युनीकरण गर्ने उद्देश्यले यस्ता साइट पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लार्य टेकेर अश्लिल साइट बन्देज गर्न निर्देशन दिइएको हो । उक्त दफामा यौनजन्य अश्लिल सामग्री अदान–प्रदान प्रकाशन र प्रशारणमा बन्देज लगाइएको छ ।