आज, एकै दिन शुक्र र बुध ग्रह तुला राशिमासँगै हुँदै ! यी ६ राशि माथि खस्नेछ दुखै-दुखको पहाड !

प्रेम सम्बन्ध, दाम्पत्य जीवन, सौन्दर्य, भौतिक सुख-सुविधा आदिको कारक ग्रह शुक्र आज असोज २० गते शनिबारको दिन तुला राशिमा वक्री हुँदैछ। तुला राशिमा शुक्र वक्री हुँदै गर्दा यसै दिन बुध ग्रह पनि तुला राशिमा प्रवेश गर्दैछ। शुक्र तुला राशिमा वक्री र बुध ग्रहको तुला राशिमा प्रवेश एकै दिन परेको हुँदा ठूलै बदलाव हुन सक्छ।

यस अवस्थामा हरेक राशिलाई छुट्टै-छुट्टै प्रभाव पर्छ। दुई ग्रह एकै राशिमा हुनाले हरेक मनुष्य र प्रकृतिमा ठूलै असर पर्ने हुन्छ। शुक्र तुला राशिमा वक्री भएसंगै विभिन्न चार राशिको प्रेम सम्बन्ध र पारिवारिक जीवनमा असर पर्न सक्छ। तुला, वृष, सिंह र कर्कट राशिले धेरै सावधान रहनु पर्ला।

जीवनमा सुख भन्दा धेरै दुख मिल्नाले मानिसक रुपमा चिन्ता बढ्न सक्ला।

यी चार राशिको सामाजिक सम्बन्धमा मात्र नभई साझेदारीमा पनि शुक्र ग्रहको गलत असर पर्नाले लज्जित हुनु पर्ने अवस्था आउन सक्ला। यी चार राशिलाई आर्थिक मामलामा पनि अविश्वास मिल्ने देखिन्छ। साथै भौतिक सुखको विषयमा पनि यी चार राशि भएका व्यक्तिले धेरै अफ्ठेरो परिस्थितिको सामना गर्नु पर्न सक्ला ।

यी चार राशि बाहेक अन्यले पनि आर्थिक कार्यमा संयम रहेको उचित हुनेछ।

यस्तै आजनै दिउसो १२ बजेर ५७ मिनेटमा बुध ग्रह पनि तुला राशिमा प्रवेश हुँदैछ। बुध ग्रहको तुला राशिमा प्रवेश हुँदा मिथुन राशि र कन्यालाई सबै भन्दा दुख मिल्न सक्ला। व्यापार-व्यवसायसँग जोडिएको कार्यमा रुकावट आउन सक्ला। बुध ग्रह कत्तिक ९ गते सम्म तुला राशिमा हुने हुँदा मिथुन र कन्या राशिलाई धेरै दुख मिल्न सक्ला।

साथै यती दुई राशि हुनेहरुलाई अध्ययनमा वाधा मिल्न सक्ने सम्भावना देखिन्छ। शुक्र ग्रह र बुध ग्रह तुला राशिमा हुँदा तुला, वृष, सिंह, कर्कट ,मिथुन, कन्या राशिलाई धेरै दुख मिल्न सक्ने हुँदा सजक रहनु पर्ने देखिन्छ।