भीख मागिरहेकी वृद्ध महिला देखेपछि दिन थाले भीख, कसैलाई थाहा थिएन वास्तविकता

276

एजेन्सी। चीनको एक रेलवे स्टेशनमा भीख मागिरहेकी महिला यो हप्ता त्यहाँको समाचारमा छाइन् । महिला स्टेशनमा मानिसहरुसँग भीख मागिरहेकी थिइन् त्यही बेला लाउडस्पिकरमा अनाउन्स भयो कि कसैले पनि ती महिलालाई भीख नदिनू । त्यसपछि ती महिलाका छोरा सार्वजनिक रुपमा अगाडि आए र उनले महिलाको वास्तविकता बताए । महिला निकै धनी परिवारकी थिइन् र ५ तले विलासी बंगलामा छोराको परिवारसँग बस्थिन् । छोराले बताए कि परिवारले जति रोके पनि उनी भीख माग्न निस्किन्छिन् ।

७९ वर्षकी ती महिला पूरै हप्ता चीनका सबैजसो मिडियामा छाइन् । उनका छोराका अनुसार उनीहरुको शहरमा धेरै जमिन र भवनहरु छ जो भाडामा दिइएको छ । उनीहरुको एक उद्योग पनि छ । छोराका अनुसार उनले आमालाई कैयौं पटक भीख माग्न रोकिसकेका छन् तर कहिल्यै पनि आमाले उनको कुरा मानिनन् । जबकि महिलाको बैंकमा आफ्नै राम्रो बचत पनि छ । छोराले उनलाई यसअघि पनि भीख माग्बाट रोक्न अनेक तरिका अपनाएका थिए तर सफल हुन सकेनन् ।

मिडिया रिपोर्टका अनुसार ती महिलाले पहिले रेलवे स्टेशनमा नक्शा बेच्ने काम गरेकी थिइन् । तर, रेलवे व्यवस्थापनले यसो गर्न दिएन त्यसपछि महिलाले भीख माग्न थालेकी थिइन् । उनी बिहान १० बजे रेलवे स्टेशन आउँछिन् र साँझ ८ बजेसम बस्थिन् । यसरी उनले दिनमा ३ हजारसम्म कमाउँछिन् । महिलाले पूरै दिन घरमा बस्न नचाहेकोले बाहिर निस्किएको बताएकी छिन् । उनले यसरी जम्मा गरेको पैसाले आफ्नो लागि एक केयरटेकर राख्ने बताइन् । मिडियामा चर्चामा आएपछि अहिले ती महिलाको पक्ष र विपक्षमा तर्क गर्नेहरुको सामाजिक संजालमा बहस चलिरहेको छ ।