बुद्ध एयरको उडान डिले भन्दै अन्तिममा क्यान्सिल भएपछी एयरपोर्टमै घम्साघम्सी (भिडियो सहित)

32

बुद्ध एयरको उडान डिले भन्दै अन्तिममा क्यान्सिल भएपछी एयरपोर्टमै घम्साघम्सी (भिडियो सहित)

काठमाडौं : छिटो र छरितो यात्राको निमित्त यात्रुहरुले हवाई यात्राको प्रयोग गर्ने गर्छन् त्यहि भर पर्दो हवाई यात्रा अन्तिम समयमा आएर स्थगित हुँदा कतिपय यात्रुहरु एयरपोर्ट मै अलपत्र पर्ने गरेका छन् ।

विहीबार शुक्रबारको भाइटीका लगाउन भनेर २० दिन अगाडि नै काठमाडौं देखि भरतपुरको लागि बुद्ध एयरमा टिकट लिएका यात्रु विहीबार २.३० मा उडान तालिका रहेको फ्ल्याइट यु ४३५९ क्यान्सिल भएपछि अलपत्र परेका छन् ।

सुरुमा फ्ल्याइट केहि ढिला हुने बताइयो तर ३. ४५ मा फ्ल्याइट क्यान्सिल भएको र भोली बिहान मात्र जाने बताइएपछि यात्रुहरु आक्रोसित भएका छन् ।

चाडपर्वका बेला आफ्ना आफन्त कहाँ छिटो र समयमै पुग्न हवाइजहाजको टिकेट काटेका यात्रुहरुले झन् पाउनु सम्मको सास्ती खेपेका छन् ।

तिहारको भाइटीकाको लागि भनेर बुद्ध एयरबाट भरतपुर जान टिकट काटेका यात्रुहरु अलपत्र परेपछि यात्रु र बुद्ध एयरका कर्मचारी प्रहरीबीच विहीबार एयरपोर्ट भित्रै घम्साघम्सी भएको छ ।