४० बर्षे उमेरमा पनि २० बर्षे तन्नेरी देखिन चाहनुहुन्छ भने यो ( भिडियो हेर्नुहोला )

एजेन्सी । वैज्ञानिकहरुले बुढ्यौलीबाट टाढै रहन थोरै खानेकुरा खानुपर्ने सुझाब दिएका छन् । उनीहरुका अनुसार हामीले खाने दैनिक खाने खानेकुराको मात्रा घटाउदा पनि निरोगी र बुढ्यौलीबाट बच्न सकिन्छ ।

लामो समय बाच्न र मृत्यु हुनेबेलासम्म ह्ष्टपुष्ट हुन उत्पादक कम्पनीहरुले सेबा तथा बस्तुको उत्पादनमा अरबौ डलर रकम खर्च गरिरहेकै बेलामा वैज्ञानिकहरुले खानेकुरा घटाएर स्वस्थ रहन सुझाब दिएका हुन ।

वास्तवमा शरिरको कोष बुढो भएपछि मानिस पनि बुढ्यौलीको शिकार हुन्छ र अनुहार लगायत शरिरका छालामा चाउरी पर्छ । तर, क्यालोरीको मात्रा घटाउदा शरिरको कोषमा अशर गर्ने र यसले बुढ्यौली पक्रियालाई ढिलो बनाउने उनीहरुको दाबी छ । कोषमा प्रोटिन बनाउने रिबोसोस नाम गरेको तत्व हुन्छ जसले खानेकुराबाट प्रापत प्रोटिनलाई शरिरका विभिन्न भागमा वितरण गरिदिन्छ ।

तर रिबोसम पक्रिया नै सुस्त भएमा प्रोटिन वितरणमा पनि ढीलाई हुने र वृद्ध अवस्थालाई पनि सुस्त गराइदिन्छ । रिबोसम सुस्त बनाउन खानेकुराको परिणाम पनि थोरै खानुपर्ने वैज्ञानिकहरुको सुझाब छ ।

वैज्ञानिकहरुले मुसालाई दुई भागमा विभाजन गरी सो अध्ययन गरेका थिए । जसअनुसार एउटा समूहको मुसालाई अत्यधिका खानेकुरा दिइएको थियो भने अर्को समूहका मुसालाई ३५ प्रतिशत न्युन क्यालोरी दिइएको थियो । सो अध्ययन ल्यान्सेट म्यागेजिनमा प्रकाशित छ ।