यस्तो रहेछ महिलाहरूकाे नितम्ब ठूलो हुनुको अर्थ : पुरा हेर्नुहाेस !

महिलाहरुमा नितम्ब ठूलो हुनुलाई कामुकतासँग जोडिन्छ । तर नितम्बको सम्बन्ध केवल कामुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नितम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भाग्यमानी र सुरक्षित हुन्छन् ।

वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनले देखाएको छ । सेल रिसर्च जनलमा छापिएको अध्ययन अनुसार जिउको तल्लो भागमा बोसो कम हुने मानिसमा हृदयरोग तथा मृत्युको आशंका बढि हुन्छ ।

तर यो नियम मोटोपनाले ग्रस्त मानिसहरुमा लागू हुँदैन । किनकी उनको फोक्सो तथा मुटुको आसपास पहिले नै बोसो जमिसकेको हुन्छ र त्यसले नितम्बमा बोसो जम्मा हुनुको कुनै अर्थ छैन ।

विज्ञका अनुसार नितम्ब र जाँघ भनेको जिउको बोसो सुरक्षित रुपमा तह लगाउने उपयुक्त ठाउँ हुन् । पेटको बोसोको तुलनामा नितम्ब वा जाँघको चर्पी धेरै अर्थमा उपयुक्त हुन्छ । किनकी पेटको बोसोले रगतमा धेरै फ्याट्टी एसिड छाड्दछ । जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक वा कोलेस्ट्रोलको खतरा बढ्दछ । काठमाडौं । तपाईले देख्नुभएको होला धेरैं मानिसहरुले आफ्नो कार्यालय वा कोठामा हात्तिको मुर्ति राखेका हुन्छन । के तपाईलाई थाहाँ छ हात्तिको मुर्ति किन राखिन्छ रु आउँनुहोस आज हामी यसैं विषयमा चर्चा गर्नेछौं । यो विश्वास गरिएको छ कि तपाईले कोठा वा कार्यालयमा हात्तिको मुर्ति राख्नाले तपाईमा भएको नकारात्मक उर्जा भित्र आउँन पाउँदैन ।

ज्योतिष विज्ञानले पत्ता लगायो यस्तो नयाँ तथ्य : कोठामा हात्तिको मुर्ति राखे जगमगाउनेछ जीवन !

तपाई भित्र नकारात्मकत्ता भएन भने कामहरु सफलतापुर्वक सम्पन्न गर्न सकिन्छ । जसले तपाईको मनलाई शान्ति दिन्छ । अर्को मान्यता के छ भने यसरी हात्तिको मुर्ति लगाउँनाले दम्पतीका विचमा प्रेम गहिरो हुन्छ । परिवारमा कहिल्लै पनि झैंझगडा जस्ता कुराहरु हुँदैनन तपाईका सन्तान आज्ञाकारी हुन्छन भन्ने पनि पुरानो विश्वास रहँदै आएको छ । एजेन्सी

संगै जिउने संगै मर्ने बाचा पुरा, श्रिमानको मृत्यु भएको दुई घण्टापछि श्रीमतीको पनि मृत्यु

श्रीमान र श्रीमतीले संगै जीउने संगै मर्ने कसम खाएका हुन्छन् । जीवनभर संगसंगै भएका श्रीमान र श्रीमतीको एकै पटकमा मृत्यु भएको घटना बिरलै सुन्न पाइन्छ । धर्म र असल कर्म गर्नेहरुलाई यस्तो संयोग जुर्छ भन्ने भनाई पनि समाजमा व्याप्त छ ।

पर्वतको बाजुङ्गमा भने यस्तै संयोग जुरेको छ । श्रीमानको मृत्यु भएको दुई घण्टापछि श्रीमतीको पनि मृत्यु भएको छ । पर्वतको बाजुङ्ग गाउँ बिकास समिति वडा नं ९ का ९१ बर्षीय बृद्ध रुद्रबहादुर बिक र उहाँकी ८१ बर्षीय श्रीमती छलिदेबी बिकको दुई घण्टाको फरकमा कालगतीले नै मृत्यु भएको हो । श्रीमान रुद्रबहादुरको मंगलबार बिहान १०.३० बजेको समयमा मृत्यु भएको हो भने श्रीमती छलिदेबीको मृत्यु मध्यान्ह १२.३० मा भएको हो ।

दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि बुधबार मोदीबेणीघाटमा एउटै चित्तामा दुई जनाको दाहसंस्कार गरिएको स्थानीयबासी भक्त कुवँरले जानकारी दिनुभयो । दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि एउटै चित्तामा दाहसंस्कार गरिएको र कालगतिले एकै पटक मरण हुने दम्पती बिरलै भेटिने गरेका पनि कुँवरले बताउनुभयो । मृतक दम्पत्तिका छोराहरु वाहिर रहेकोले भेला हुन समय लागेकोले बुधबार मात्र दाहसंस्कार गरिएको हो ।
मृतक रुद्रबहादुर बिक २०४४ सालमा जनपक्षीय वडा अध्यक्षको रुपमा बिजयी पनि हुनु भएको थियो । उहाँ केही दिन देखि हल्का ज्वरोको बिरामी हुनुुहुन्थ्यो । श्रीमानलाई ज्वरो आएपछि श्रीमती छलि समेत श्रीमान संगै संगै मर्ने हो भन्दै चार दिन देखि खाना नखाई बस्नु भएको थियो ।