अन्तरीक्षबाट खस्ने ढुंगाले पृथ्वी ध्वस्त पार्नसक्ने वैज्ञानिकको चेतावनी

नासाका वैज्ञानिकहरुले अब आउने शताब्दीमा अन्तरीक्षबाट भयनाक ढुंगा पृथ्वी तर्फ आउन सक्ने चेतावनी दिएका छन् ।

उनीहरुले उक्त भयानक ढुंगा आकारमा अत्यन्त ठूलो भएका कारण हालसम्मका वैज्ञानिक उपकरणहरुले रोक्न सकिने सम्भावना कम भएको बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार उक्त ढुंगा सन् २१३५ मा पृथ्वीतर्फ आउने सम्भावना रहेको छ । ढुंगा ४ सय ४३ मिटर अग्लो इम्पायर स्टेट बिल्डिंग भन्दा पनि ठूलो रहेको उनीहरुले बताएका छन् ।

उक्त ढुंगालाई रोक्न नसकेर यदि त्यो पृथ्वीमा आयो भने भयानक दुर्घटना हुने आँकलन गरिएको छ ।

नासा र नेशनल न्युकलियर सेक्युरिटीले ढुंगा पृथ्वीतिर आयो भने आपतकालीन अवस्थाको लागि HAMMER (Hypervelocity Asteroid Mitigation Mission for Emergency Response ) प्रयोग गर्ने बताएका छन् । उनीहरुका अनुसार, आपतकालीन स्थितिमा न्युक्लियर बमको प्रयोग गरेर नष्ट गर्न सकिनेतर्फ अध्ययन गरिने जनाएको छ ।

तर ढुंगाको तौल, ढुंगा पृथ्वी तर्फ आउँदा उसको गति आदिले ढुंगाले गर्न सक्ने असर र त्यसलाई फोड्न सकिने सम्भावनालाई प्रभाव पार्ने बताइएको छ ।

वैज्ञानिकहरुका अनुसार उक्त ढुंगा निश्चित रुपमै पृथ्वी तर्फ आउने नै छ भन्ने यकिन छैन तर थोरै सम्भावना भने रहेकोले सतर्क हुन आवश्यक छ । एजेन्सी