७ बर्षिय छोरालाई छोडेर इजरायल पुगेकी एक नेपाली चेलीको सडक दुर्घटनामा परि यसरि भयो दुखद निधन

इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ ।

सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी लामाको तत्कालै आकस्मिक शल्यक्रिया गरिएको थियो ।

मृतक लामा कार्यरत एजेन्सीले उनको पेटको शल्यक्रिया गरिसकेको र अन्य आवश्यकिय आकस्मिक शल्यक्रियाको लागि अप्रेसन थियटर लगिएको बताएकी थिइन । उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल नभएको बताएका थिए । विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको हो ।

७ बर्षिय १ छोराको आमा समेत रहेकी दामी ह्योल्मु लामा करिव ७ बर्ष अघि ४ महिनाको दुधे बालक छोडेर प्रदेशिनु भएको थियो । १० अक्टूवर वुधवार रातको करिव साढे ८ बजे उनी कार्यरत केफरममास नजिकैको रुपिन्चोकमा सडक पेटीमा रहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी लामाको इजरायल प्रहरीले मोवाइळ फोन मार्फत नम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो