आफ्नै दाइ पर्नेले बलात्कार गरी गर्भवती बनाएपछि किशोरीले जन्माईन् मृत शिशु, घटनाको सम्पुर्ण विवरण थाहा पाएपछि चिकित्सक पनि चकित

काठमाडौँ-एक किशोरीले मृत शिशुलाई जन्म दिएकी छिन्।१५ वर्षकी उक्त किशोरीले पिपुल्स अस्पताल नयाँ बजारमा मृत शिशुलाई जन्म दिएकी हुन् । जानकारीका अनुसार ती किशोरी बलात्कारको कारण गर्भवती भएकी थिइन्। राती साढे ११ बजेतिर पेट दुखेपछी पिपुल्स अस्पताल पुर्याइएको उनलाइ चिकित्सकले जाँच गर्दा ग्यास्ट्रिक भएको बताएका थिए ।

त्यसपछी उनी शौचालय गएर फर्किंदा उनको कपडामा रगत लागेको देखेपछि चिकित्सकले गर्भवती भएको हुनसक्ने भन्दै उनी माथि सोध(पुछ गर्दा उनले अस्विकार गरेकी थिइन्। त्यसपछी चिकित्सकले हप्काएपछि भने किशोरीले गत २५ माघ देखि महिनावारी नभएको स्वीकार गरेकी हुन्। किशोरी गर्भवती भएको पुष्टि भए पछी नर्सको टिमले लुगा खोलेर हेर्दा किशोरी सुत्केरी हुने अवस्थामा पुगिसकेकी थिइन्। सम्पूर्ण घटनाको बारेमा बताएपछि किशोरीको आमा मात्र नभई चिकित्सकहरु पनि चकित भएका थिए।

अस्पताल ल्याउने मध्ये एकलेनै उनलाई १२ वर्षको उमेर देखि बलात्कार गर्दै आएको खुलासा गरेपछि घटनाको सम्पुर्ण विवरण बाहिर आउको हो ।पिडित किशोरीका बाबु(आमा सामान्य मजदुरी गर्छन्। मजदुरीको लागि प्राय बाहिर हुने हुँदा दाई पर्ने ती युवकले कोठामै आएर बलात्कार गर्ने गरेको किशोरीले बताएकी छन् ।अहिले प्रहरीले किशोरीको बलात्कारमा संलग्न भएकाहरुलाई पक्राउ गरिसकेको छ ।