यस्तो देखिन्छन् कोमोलिका लुक्समा हिना खान, पब्लिक डिमाण्डमा सेयर गरिन् अर्को तस्वीर

24

एजेन्सी । अभिनेत्री हिना खानले ‘कसौटी जिन्दगी २’मा कोमोलिकाको भुमिका निभाइरहेकी छन् । यस शोमा हिनाको नेगेटिभ भुमिका रहेको छ ।

शोमा उनले प्रेरणा र अनुरागको जीवनमा विष मिसाउने काम गर्छन् । उनको भुमिका नेगेटिभ भएपनि दर्शकहरु उनको लुक्सको दीवाना बनिसकेका छन् ।

भर्खरै मात्र हिना खानले आफ्नो शोको कोमोलिका लुक्स सोसल मिडियामा सेयर गरेकी छन् । जहाँ लेहेङ्गा र चोली पहिरनमा सजिएकी छन् । यस तस्वीरलाई ६ घण्टामै लाखौं दर्शकहरुले लाइक र सेयर गरेका छन् । हिना खानको यो तस्वीर दर्शकहरुले यति धेरै रुचाए कि अर्को तस्वीर सेयर गर्न डिमाण्ड समेत गर्न भ्याए ।

यता अभिनेत्री हिनाले पनि आफ्नो दर्शकहरुको इच्छालाई पूरा गरेकी छन् । यसै लुक्सको हिनाले अर्को तस्वीर पनि इन्स्टाग्राममा सेयर गरिन् । कसौटी जिन्दगीमा एक ताका हिनाले दर्शकहरुको राम्रो साथ पाएकी थिइन्, यसै कारण दोस्रो सिरिजमा पनि निर्माता एकता कपूरले लिएर आएकी हुन् ।

शोमा कोमोलिकाका भुमिकामा हिना पूर्ण रुपमा पर्फेक्ट देखिरहेकी छन् । शोमा उनको ट्र्याक सुरु हुन लागेको छ । अहिले टिआरपीमा शोले खासै कमाल गर्न सकिरहेको छैन । तर हिनाको इन्ट्रि पश्चात शोको टिआपीले तहल्का मच्चाउने आँकलन गरिएको छ ।

View this post on Instagram

One more on public demand ❤️

A post shared by Hina Khan (@realhinakhan) on