सुहागरातमा जब श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिन खोजे तब श्रीमानको गयो सातो ! कारण यस्तो…..

199

एजेन्सी । जो कोही पनि सुहागरातमा आफ्नी दुलहीलाई देखेर मोहित हुन्छ । त्यसपछि त्यो रात यादगार बन्छ । तर भारतको कन्नौजका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए लगत्तै उनको होस हवास नै उड्यो र घरपरिवारलाई बताए ।

घर परिवारले युवकको ससुरालले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भनेपछि घटना गुपचुप राख्न खोजियो ।त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो ।गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण गरेको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस् : सुहागरात के हो ? सुहागरात के होइन ?

धेरैजसो युवालाई सुहागरातका बारेमा थाहा हुँदैन । सुहागरातमा केटा पक्षले गर्ने जबरजस्तीका कारण केटी पक्षले सधैँ आशंका र त्रसित हुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्तै त्यस रोमान्टिक क्षणलाई सम्झनायोग्य बनाउन नसक्दा धेरैका लागि सुहागरात अर्थहीन रात बन्न पुगेको छ । अघिल्लो अंकमा हामीले सुहागरातलाई स्मरणीय बनाउन केटाले खेल्न सक्ने भूमिकाका बारेमा चर्चा गर्यौँ ।

यस अंकमा भने त्यसको बाँकी अंशबारे चर्चा गरिन्छ । सुहागरातमा प्रतिरोधका तीन कारण छन् । एउटा त प्रतिरोधबिनाको स्वीकृतिमा रोमान्स हुँदैन । प्रतिरोध जति सशक्त भयो रोमान्सको उचाइ पनि त्यति नै बढ्छ र अन्त्यमा प्राप्त हुने स्वीकृतिको सुन्दरता पनि त्यति नै बढ्छ । दोस्रो कारण, नारीको स्वाभाविक लज्जाबोध हो ।

कुमारी बेहुलीको प्रतिरोधको यसभन्दा पनि महत्वपूर्ण कारण प्रस्ताव राख्नेको जोखिम व्यवस्थापन क्षमतामाथि केही आशंका र आफ्नो अप्ठ्यारोमा सुरक्षाको माग हो । यो प्रतिरोध भित्रबाट पैदा हुन्छ र यसमा पुरुषले नारीलाई विश्वस्त पार्न सक्नुपर्छ । नारीहरूले सुहागरातका अघिल्ला दुई चरणमा पुरुषको धैर्य, अर्काको संवेदनशीलता प्रतिको उसको प्रतिक्रिया र उसको स्वार्थको सीमालाई विभिन्न कसीमा विभिन्न कोणबाट अध्ययन गर्ने कोसिस गर्छन् । विश्वासको वातावरण त्यसै पैदा हुँदैन । धेरै आग्रही र धेरै आतुर पुरुषलाई नारीले कम विश्वास गर्छन् । त्यसकारण सुहागरातको समयमा पुरुषले जति धैर्य धारण गर्नसक्यो फाइदा पुरुषलाई नै छ । तातो तावामा रोटी छिटो पनि पाक्छ र अपच हुने डर पनि हुँदैन । यो बेग्लै कुरो हो– तावा तात्न समय लाग्छ ।तर, रोटी खाएर स्वस्थ रहन चाहनेका लागि त्यो आवश्यक पूर्वाधार हो ।

कुमारी झिल्ली वा सतीच्छद फाट्ताको पीडा, योनिबाट हुनसक्ने रक्तस्राव, यौनातुर पुरुषका अंगहरूको कठोरताका कुराहरू कुमारी स्त्रीलाई तर्साउन यथेष्ट छन् तर त्यसभन्दा पनि महत्वपूर्ण कुरा त आफूलाई अप्ठ्यारो परिहाले आफूसँगैको मान्छेले त्यसलाई कसरी लिन्छ भन्ने हो । नारीहरूको यस प्रतिरोधका मुख्य कारणहरूमा संगिनीसँग हुने यौन चर्चा र यौन साहित्यहरूको अध्ययनका साथै सृष्टिले पुरुषलाई दिएको शारीरिक बल र पुरुषमा हुने तुलनात्मक कठोरताप्रति नारीको विकर्षण पनि हो ।

यो अर्कै कुरा हो– अन्तरमनमा यही कठोरता स्त्रीको पुरुषप्रतिको आकर्षणको रहस्यमध्ये एउटा तत्व पनि हुन सक्छ । उसले यसको व्यवस्थापन कति सहानुभूतिपूर्वक गर्छ ?

अप्ठ्यारो स्थितिमा उसले आफ्नो मात्रै आनन्द हेर्छ कि आफूमाथि पर्नेको सजिलोलाई पनि प्राथमिकता दिन्छ ? यसबेला नारीको मनःस्थिति पर्ने प्रभाव जीवनभरि रहन्छ । पुरुषले नारीलाई यसबेला आश्वस्त पार्न सकेन भने मनमा गहिरो घाउ लाग्न सक्छ । शरीरको घाउ त मामुली होला वा सजिलै निको होला तर मनमा यसबेला बसेको अविश्वासको घाउ जीवनभरि निको नहुन सक्छ । आउँदो दाम्पत्य जीवनको लामो बाटामा सँगै हिँड्ने साथीको विश्वास जितेर सजिलो बनाउने कि अहिलेका क्षणिक आनन्दलाई महत्व दिएर भविष्यमा अविश्वासको गह्रौँ भारी बोकेर हिँडिरहनुपर्ने जोखिम मोल्ने ? नारीको विश्वास काँचको भाँडाजस्तो हुन्छ, फुटेपछि फेरि जोडिँदैन । पहिलो रात वा पतिका त्यसपछिका व्यवहारहरूका आधारमा मूल्यांकन गरेर पतिलाई स्वार्थी र बलात्कारीसम्म भन्ने पत्नीहरूको पतिसँगको समस्याको मनोवैज्ञानिक व्यवस्थापन गरेको र गर्दै रहेको चिकित्सकीय अनुभव मसँग थुप्रै छन् ।

सुहागरात दाम्पत्य जीवनको प्रवेशद्वार हो । स्त्रीपुरुष दुवैले यही समयदेखि नै एकअर्काको मनोविज्ञान र सजिलो अप्ठ्यारोप्रति सकारात्मक चासो राख्न सुरु गर्नुपर्छ । सुहागरातमा आफ्नो सोचाइअनुरूप यौन सम्बन्ध स्थापित हुन नसक्दा चरित्रमै अविश्वास उत्पन्न भएर दाम्पत्य जीवन दुर्घटनाग्रस्त भएको पनि मैले आफ्नो चिकित्सा पेसाको अनुभवमा देखेको छु । अति आतुरता र अति प्रतिरोध दुवै खतरनाक हुन्छन् । आतुरता रोमान्सयुक्त छ भने त्यो राम्रो हो, त्यस्तै प्रतिरोधमा रोमान्स छ भने त्यो पनि राम्रो हो । नाइँनाइँ भन्ने नारीले नै एउटा विन्दुमा पुगेर हस भन्छे, त्यो निश्चित छ । नारी सुलभ लज्जाले पनि एकैपटक हस भन्न दिँदैन । त्यो लज्जाबोध पनि नारी स्वभावको एउटा गहना हो । अनि आग्रहसहित प्रणय प्रस्ताव राख्ने पुरुषको सदाशयताको पनि कदर गर्नैपर्छ । त्यो संरक्षणको पहिलो आश्वासन हो । सकारात्मक सोचाइका साथ सही समय र वातावरणको प्रतीक्षा गर्नुपर्छ ।

न्यूनतम मानवीय संवेदनाको इज्जत पनि राख्नैपर्छ । कुमारीत्व र सुहागरातसँग जोडिएको अर्को एउटा महत्वपूर्ण पक्ष पनि छ– त्यो हो कुमारीझिल्ली । यसको चर्चाबिना यो लेख अधुरै रहनेछ । अंग्रेजीमा हाइमेन र संस्कृतमा कौमार्य झिल्ली भनिने यो झिल्ली योनिको मुखैमा अलि भित्रतिर रहेको हुन्छ । कसैमा यो झिल्ली बच्चादेखि नै हुँदैन वा एक कुनामा सानो मात्र हुन्छ । धेरैजसोमा इलास्टिकजस्तो यो झिल्ली योनिको एक भित्तादेखि अर्को भित्तासम्म फैलिएर रहेको हुन्छ । पहिलो सम्भोगसम्म यो झिल्ली योनिमार्गको मुखमा छ भने सम्भोगका बेला फाटेर हलुका रगत आउन सक्दछ र अरू एकदुई दिन योनिको मुखमा हलुका सुजन हुन सक्दछ । तर, सानै उमेरमा खेल्दा, कुद्दा वा लड्दा प्रत्यक्ष वा अप्रत्यक्ष आघातले यो झिल्ली आफैँ च्यातिन सक्छ ।

यस झिल्लीको बीचमा महिनावारीको रगत जान सानो प्वाल हुन्छ । कसैकसैमा यो प्वाल ठूलो भएर त्यसैबाट यौनसम्पर्क सम्भव हुन्छ र बुढेसकालसम्म यो योनिको भित्तामा मात्र रहिरहन्छ भने अर्कातिर कसैकसैमा यस झिल्लीको बीचमा महिनावारीको रगत जान हुनुपर्ने प्वाल नभएका कारण रजस्वला हुन थालेपछि सानो शल्यक्रियाको प्रक्रियाद्वारा रगत जाने बाटो खोल्नुपर्ने पनि हुन सक्छ । त्यसकारण पहिलो यौनसम्पर्कमा कुमारीझिल्ली फाटेर रगत आएन भने त्यसलाई चरित्रहीनता अथवा पहिल्यै यौनसम्पर्क भएको प्रमाण मान्नु पनि गलत हो अनि कुमारीझिल्ली फाटेर रगत आउनुलाई मात्रै पहिले यौनसम्पर्क नभएको प्रमाण मान्नु पनि गलत हो । कुमारीझिल्लीको नाम कुमारीत्वसँग जोडिए पनि त्यो कुमारीत्वको अकाट्य प्रमाण भने होइन ।