आज आईरबार राम जानकि मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।

63

राशी
मेषः– समयले साथ दिनेछ । आफ्नै बाहुबलमा समस्याको समाधान खोज्नु होला । उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ । काममा ढिला सुस्ति नगर्नु होला ।

वृषः– दिन मध्यम खालको देखिन्छ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । पैसा माग्ने वाहना धेरै हुनसक्छ चिनेर मात्र व्यवहार गर्नु होला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आस्था र विश्वास घट्न सक्छ । पारिवारिक खर्च बढ्नेछ ।

मिथुनः– गतिरोधको अन्त्य हुनेछ । आफुमा भएको ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा उपलब्धि राम्रै हात लाग्नेछ । आर्थिक कारोवारमा सचेत रहनु होला । सभा सम्मेलनमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या कम हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

कर्कटः–दिन प्रतिकुल देखिन्छ । उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचार बढ्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनु होला । पारिवारिक समस्या बढ्ने छन् । कार्य शिथिलता बढ्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास घात हुनसक्छ ।

सिंहः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्नु होला । औषधी चिकित्सा जस्ता पेशा व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ ।

कन्याः– आफ्नै पहलमा सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा सक्रियता बढ्नेछ र अवसरको खोजी पनि हुनेछन । गरेका कामको मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

तुलाः–समयमा सामान्य सुधार आउनेछ । रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । मानसिक तनावमा कमि आउनेछ । शैक्षिक तथा न्याय मार्गमा आँशिक सफलता मिल्नेछ । पारिवारिक समस्या पूर्ण समाधान हुने देखिन्न । दीक्षा यात्राको सम्भावना देखिन्छ । अरुको भर विश्वास परेर कुनै काममा हात नहाल्नु होला ।।

वृश्चिकः– सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । लगानी गलत ठाँउमा पर्न सक्छ । सम्पन्नोन्मुख काम रोकिने छन् । मानसिक तनाव बढाउने काम हुनेछन् । खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापारबाट आम्दानी घटनेछ । भाग्यमा अवरोध आउन सक्छ ।

धनुः–नक्कली कुरा लिएर आफ्नै मान्छे आउन सक्छन् होशियार रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा सामान्य सुधार आउनेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मकरः– सक्रिय भएर काम गर्नु होला,सफलता असफलता आफ्नै हातमा छ । साझेदार सँग विवाद बढ्न सक्छ । ज्ञान नभएका काममा हात नहाल्नु होला । अर्काको कुरा सुनेर अगाडि बढ्नु भयो भने क्षति धेरै हुनसक्छ । आफ्ना कुरा अरुसँग शेयर नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । परिश्रमको अन्तिम फल राम्रै मिल्नेछ ।।

कुम्भः– भ्रम मुक्त भएर काम गर्नु होला । अलमलमा पर्नु भयो भने अवसर फुत्किनेछ । यान्त्रिक काममा लगानी बढ्नेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । विना उपलब्धि काममा धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । नोकरी तथा राजनीतिक विषय बस्तुमा ध्यान केन्द्रित हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

मिनः– शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । उपलब्धिका काम ओझेलमा पर्नेछन् । शक्तिको दुरुपयोग हुनसक्छ । गुह्य कुरा कसैलाई नखोल्नु होला । आफुले गरेका कामले अरुलाई फाइदा पुग्न सक्छ । शुख शान्तिमा कमि आउनेछ । आर्थिक कारोवारमा चनाखो हुनुुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ । नोटः– यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो – पंडित श्रीकण्ठ सुराचार्य ।

हामिले यो सामाग्री os nepal बाट लियका हौ।