कतै ग्यास्ट्रिक देखि छाला रोग, बाथ, युरिक एसिड जस्ता रोग पालेर त बस्नु भएको छैन ? यदि छ भने यो कुण्डमा डुबुल्की मार्नुहोस रोक च्वाट्ट निको हुन्छ (भिडियोसहित)

54

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न पुग्नेको भीड बढेको छ ।

जाडोयाममा बाथ, ग्याष्ट्रिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा मानिसहरु तातोापनी कुण्डमा डुबेर उपचार गर्न जाने गरेका हुन् । म्याग्दीका काली, म्याग्दी र रघुगंगाको किनारका धेरै ठाउँमा तातोपानीका कुण्डहरु छन् ।

जिल्लाका दग्नाम, भुरुङ, मुदी र सिङ्गामा रहेका प्राकृतिक तातोपानीका कुण्डहरू पछिल्लो समय प्राकृतिक चिकित्सालयका रुपमा विकास हुँदै गएका छन् । सदरमुकाम बेनीबजारबाट ९ कि.मि. पश्चिममा म्याग्दी नदीको किनारमा रहेको तातोपानीको कुण्ड देशकै प्रशिद्ध तातोपानीको कुण्ड हो । ४१ फिट लम्बाइ र २१ फिट चौडाइमा फैलिएको यस कुण्डमा एकैसाथ ४ सय जनाले स्नान गर्न र डुबेर उपचार गर्न सक्छन् ।

यो कुण्डको तापक्रम पोखरीमा ४५ देखि ४८ डिग्री सेल्सियस र मूलमा ५४ देखि ५७ डिग्री सेल्सियस छ । यहाँ रोगको अवस्था हेरेर एक हप्तादेखि दुई हप्तासम्म नुहाउने गरिन्छ । यहाँ डुबेर उपचार गराउन देशैभरबाट बिरामी पुग्ने गर्दछन् । पछिल्लो समय प्यारालाइसेस भएका बिरामीसमेत तातोपानी कुण्डमा उपचारका लागि पुग्ने गरेका छन् ।

मानिसमा बढ्दै गएको चेतना र खुल्दै गरेका स्वास्थ्य संस्थाले, परम्परामा आधारित उपचार विधिमा विश्वास घट्दै गएको छ । तर म्याग्दीमा भने विज्ञानलाई समेत चुनौती दिदै तातोपानी कुण्डमा डुब्दा र नुहाउँदा छाला रोग, बाथ, ग्याष्ट्रिक, युरिक एसिड तथा घाउ चोटपटक लागेका बिरामी समेत निको हुने विश्वास गरिन्छ । यही विश्वासका कारण देशका विभिन्न क्षेत्रबाट दैनिक सय, दुई सय जना यस्ता बिरामी तातोपानी कुण्डमा डुबुल्की मार्न पुग्छन् ।