होटलमा प्रहरीले छापा मारेपछि यसरी निस्किए २८ ग्राहक, तिरेका थिए ५ देखि ७ हजार

469

एक होटलमा चलिरहेको पार्टीमा अचानक प्रहरीले छापा मार्यो । त्यहाँबाट प्रहरीले २८ जनालाई आपत्तिजनक अवस्थामा बाहिर निकाल्यो । यी ग्राहकले त्यहाँ ५ देखि ७ हजार रुपैयाँसम्म तिरेका थिए । यी सबैलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइयो । थाइल्याण्डको पटायाको होटलमा ‘वाइल्फ स्विंगर्स पार्टी’ चलिरहेको थियो । पक्राउ परेका ग्राहक सबै विदेशी थिए । उनीहरुले जवान थाइ युवतीसँग रात बिताउन पैसा तिरेर त्यहाँ गएका थिए ।

घटना पटायाको ट्युलिप होटलको भएको बताइएको छ । यहाँ प्रहरीले राती ११ बजे स्विंगर्स पार्टी चलिरहेको थाहा पाएपछि छापा मारेको थियो । प्रहरीले होटलको एक–एक कोठामा गएर मानिसहरुलाई बाहिर निकालेको थियो । कोठामा अधबैसे उमेरका पर्यटक जवान महिला पार्टनरसँग थिए । होटलमा अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जर्मनी, रुस, मलेसिया र चीनबाट आएका पर्यटक थिए । यीमध्ये अस्ट्रेलियाका पर्यटकको संख्या सबैभन्दा बढी थियो ।

पक्राउ परेकामध्ये एक पर्यटक ड्रग्स परीक्षणमा ड्रग्स लिएको भेटिएका छन् । अर्का एक पर्यटक भिसा सकिएपछि पनि त्यहाँ बसेका थिए । पर्यटकहरुलाई भने सोधपुछपछि छोडिएको छ । प्रहरीले कोठामा भेटिएका कण्डम, लुब्रिकेन्ट र सेक्स टोय भने प्रमाणको रुपमा नियन्त्रणमा लिएको छ । यो होटलमा पार्टनर साट्ने सेक्स पार्टी भइरहने बताइएको छ ।