Saturday, January 25

सिंगल छु भन्दा कसैले विश्वास गर्दैैनन् : बिनु लामिछाने

मसेस यूके नेपाल २०१८ विजेता हुन् २८ वर्षीया बिनु लामिछाने । सन् २००९ देखि बेलायत बस्दै आएकी लामिछानेको जन्म नुवाकोटको ढिकुरेमा भएको हो । नेपालबाट स्टाफ नर्स सकेपछि बेलायत पुगेकी उनी त्यहा“ डेन्टल सर्जन कन्सल्टेन्ट छिन् । सन् २०१४ मा रामचन्द्र घिमिरेसँग प्रेमविवाह गरेकी उनी यसै साता चीनको गोन्जाओमा हुने ४२औं ‘मिसेस युनिभर्स’मा सहभागी हु“दै छिन् ।

सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय बिनुस“ग राजधानी दैनिकका डब्बु क्षत्रीले गरेको सटकट संवाद :

उमेर भन्न मिल्छ कि ? मिल्दैन । स्विट सिक्सटिन । भाग्यमा कतिको विश्वास लाग्छ ? लाग्छ एकदमै । कतिपय आफूले चाहेका भूमिकाका चलचित्रको अफर नआउँदा पनि भाग्यकै कारण हो जस्तो लाग्छ । चलचित्रको अफर आउँछ ?

चलचित्रमा धेरै अफर छन् तर आफूले सोचेजस्तो भूमिका पाउन सकिरहेकी छैन । कस्तो भूमिकामा अभिनय गर्न मन लाग्छ ? कुनै बोल्ड महिलाको भूमिकामा अभिनय गर्ने रहर छ । जसले महिलाको सम्बन्धमा सकारात्मक सन्देश देओस् । नामभन्दा कामले चिनोस् भन्ने लाग्छ । राम्रो काम गरेर देखाउने रहर छ । तर, खोजेजस्तो अफर आएकै छैन ।

कसैको प्रेममा परिएको छ ? छैन । तर, सिंगलभन्दा कसैले विश्वास नै गर्दैैनन् । अफर त धेरैको आउँछ होला नि ? आउँछ । तर, मनखाने अझै पाउन सकेकी छैन । ब्वाइफ्रेन्ड बनाउने रहर छैन ? पहिला–पहिला त्यति थिएन तर अहिले धेरै रहर छ । मलाई माया गर्ने, बुझ्ने, मलाई र मेरो परिवारलाई सम्मान गर्ने ह्यान्डसमको खोजीमा छु ।

सेक्सलाई कसरी बुझ्न सकिन्छ ? प्रकृतिको उपहार । सबै प्राणीलाई आवश्यक पर्छ । अनुभव छ कि छैन ? नो कमेन्ट कसरी अभिनयमा आइयो त ?

म सानैदेखि मोडलिमा रुचि राख्थें । हाइटी र मिलेको शरीर देखेर सबैले मोडलिºमा जम्नुपर्छ भनेर फुक्र्याउँथे । मलाई पनि रहर भएकाले मामाले फेसन सो क्याटवाकलगायतका विभिन्न कार्यक्रममा अवसर पनि दिनुभयो ।

अभिनय क्षेत्रमा परिवारको सपोर्ट ? घर परिवारको पूरा साथ छ । बाहिरकाले कुरा काटे पनि परिवारबाट ‘राम्रो गरेर देखाऊ’ भन्ने पे्ररणा पाएकी थिएँ । प्रतिस्पर्धी बजारमा आफू कुन ठाउ“मा छु जस्तो लाग्छ ?

मलाई त मेरो प्रतिस्पर्धी नै छैनन् जस्तो लाग्छ । एक अर्कालाई सहयोग गरेर जाने हो, प्रतिस्पर्धाको कुरै छैन । कस्तो अवसरको खोजी छ ? राम्रो काम गरेर देखाउन चाहन्छु । तर, त्यो समय नै आएको छैन ।

प्रतिकृया दिनुहोस्