हजुरबालाई गाडीको सिटबाट उठाएर बस्ने ती युवतीलाइ के भन्नुहुन्छ ? दवाव स्वरूप शेयर गर्नुहाेस

99

-रुपा सुनार

‘खोइ तपाइ उठिदिनुस न यो त महिला सिट होनी पुरुष भएर नि कहाँँ महिला सिटमा बसेको ?’

यसो भन्दै २०÷२२ वर्षकी एक युवतीले बृद्ध हजुरबालाई सिट बाट उठाएको दृश्य आज चाँही देख्न नपरोस भगवान भन्दै बस चढेकी हुन्छु तरपनि प्रत्येकदिन सोही दृश्य देखिन्छ । अनि मनले भन्छ कठै तिम्रो महिला अधिकार ।

मलाइ अचम्म लाग्छ दिदिबहिनीहरुले यो कस्तो अधिकारको प्रयोग गरिरहनु भएको होला लौरी टेक्दै बस चढेका ति बुढा हजुरबालाई उठाएर आफु आनन्द संग सिटमा बस्दै महिला अधिकारको प्रयोग गर्न कसरी मनले मानेको होला ? मलाई अचेल डर लाग्न थालेको छ यसरी अवस्था नबुझी अधिकारको प्रयोग गर्दा थोरै बाँकी भएको मानवता पनि हराउदै जाने पो होकी ।

उठीरहेको हजुरबा देखे बस्नको लागि सिट छाड्नु पर्ने ठाँउमा बसिरहेको बृद्धलाई उठाएर आफु बस्ने युवतीलाई तपाइ कस्तो नामले चिन्नुुहुन्छ भनेर प्रश्न गर्ने हो भने सबैको एउटै जवाफ आउछ होला मानवता नभएकी युवती भनेर ।

मैले यति लेखिरहँदा पाठकहरुले यो नबुझिदिनु होला कि बसमा यात्रा गर्ने सबै युवतीहरुले गलत तरिकाबाट महिला सिटको प्रयोग गरिहरेका छन् । मैले धेरै पटक ति असल दिदी बहिनीहरुपनि देखेको छु जसले आफु उठेर बृद्धहरुलाई सिट छोडिदिएका हुन्छन् ।

हो हाम्रो देशमा महिलाका हकहितका निम्ती थुप्रै अधिकारहरु प्रदान गरिएको छ । तर सबै अधिकारहरु सहि तरिकाबाट प्रयोग भएको पाइदैन । अधिकार प्रयोग गर्ने निहुँमा यँहा मानवता हराउदै र विकृति फैलिएदै गएको छ । र महिलाहरुको स्तर उन्नतिका निम्ती बनाइएका अधिकारहरु मध्ये केही अधिकार यस्ता छन् जस्ले महिलाहरु पुरुषको तुलनामा कमजोर हुन्छन् भन्ने सन्देश दिन्छ ।

जस्तै ः–बस तथा माइक्रोहरुमा महिलाको लागि भनेर छुट्टाएको महिला सिटले पनि महिलाहरु पुरुषको तुलनामा कमजोर हुन्छन् भन्ने बुझाउँछ । तर्सथ हामीले अधिकार प्रयोग गरिरहँदा हामी कहाँनिर हामी कमजोर ठहरिन्छौ र कहाँ निर मानवता हराएर विकृती फैलिदै आएको छ भनेर सोच्ने बेला आएको छ ।

आज मैले महिला सिटको विषयमा यति लेखिरहँदा धेरैले भन्नुहुन्छ होला के पुरुष भन्दा कमजोर ठहरिन्छौ भनेर अब महिलाहरुले महिला सिटको उपयोग नै नगर्ने त ? होइन महिला सिटको उपयोग गनुपर्छ तर अवस्था बुझेर कुनै गर्भवती महिला, स–साना बच्चा लिएर बस चढेका महिला साथै बृद्ध महिला साथै विरामी भएका महिलाहरुले सिटमो उपयोग गर्ने गर्नुपर्छ साथै सबै सटि प्याक भएको अवस्थामा पुरुषहरुले पनि गर्भवती तथा अशक्त महिलाहरु सित दिएर आफ्नो मानाव धर्म निभाउनु पर्छ ।

तपाइहरुलाई के लाग्छ कुन्नी हजुरबालाई उठाएर महिला सिटको प्रयोग गर्न मेरो मनले कहिल्यै मानेन ।
सिम्पल अनलाइनबाट साभार

याे पनि पढ्नुहाेस
‘अप्राकृतिक मैथुन’ले काठमाडौंमा बाँचेका तेस्रोलिंगी

काठमाडौं । असली नाम अर्कै हो तर ठमेल आसपास र ग्राहकलाई उनले रोजीको परिचय छाडेका छन् । युवती जस्तै सुन्दर देखिने र यौन व्यावसायलाई गर्जो टार्ने उपाय बनाएका छन् । उनको काम प्राकृतिक सेक्स होइन, अप्राकृतिक सेक्सको सेवा दिनु हो ।

‘सँधै मालदार ग्राहक भेटिँदैनन्, ठमेलतिर कतिपय पैसा खर्च गर्ने विदेशी भेटिन्छन् । त्यसबेलाचाहीँ मालामाल भइन्छ’, रोजी भन्छन्,‘नेपालीले त हेयको दृष्टीले हेर्छन् । केही नेपालीका लागि मात्र सेवा दिने काम हुन्छ ।’

काठमाडौंको रात्रीबजारमा अवैधानिक यौन बजारको फरक स्वाद छ । तर त्यो भन्दा भिन्न छ रोजी जस्ताको दैनिकी र सेक्स व्यापार ।

तेस्रोलिंगी हुन् उनी । निरक्षर छन् । गाउँमा ‘हिजडा’ भनेर जिस्काउन थालेपछि काठमाडौं छिरेको १७ बर्ष भयो । काठमाडौं चिन्न उनलाई ४ बर्ष लाग्यो । मः मः पसल, होटलमा भाँडा माझ्ने काम गरे । तर त्यहाँ पनि राम्रो आम्दानी नभएपछि उनले रात्री बजार र अप्राकृतिक यौनलाई ‘सेवा अथवा पेसा’का रूपमा अँगाले । धक नमानी भन्छन्,‘अहिले हामीजस्ता हजार भन्दा बढि तेस्रोलिंगी काठमाडौंका विभिन्न चोक गल्लीमा यसै पेसाको सहारामा बाँचेका छौं ।’

समाजमा विचारको तहमा नआएको परिवर्तनका कारणले पनि तेस्रोलिंगीहरू झुक्याएर यौन व्यापार गर्ने बाध्यतामा छन् । उनीहरू सडक किनारमा उभिन्छन्, मदिराले लठ्ठ भएका ग्राहकसँग केही पैसा लिन्छन् र कुनै होटल वा आफ्नै बासस्थानमा अप्राकृतिक मैथुनमा सक्रिय हुन्छन् ।

‘ग्राहकहरूले पनि हामीलाई हेपेकै हुन्छन् । तर काठमाडौंको गर्जो टार्नु सामान्य काम होइन । यसकारण पीडा सहेरै भए पनि गुजारा चलाउने काममा सक्रिय हुन्छौं । आयस्रोतको मुख्य आधार भनेकै अप्राकृतिक मैथुन नै हो’, रोजी जोड्छन्,‘कतिपयले झुक्याएको भन्छन् तर समलिंगीको आचरण नै सुन्दर बन्नुपर्ने भएकाले हामी सजिएका हुन्छौं । मेकअपचाहीँ थोरबहुत हुन्छ ।’

रत्नपार्ककको सस्तो मोलमोलाई, ठमेलको महँगो प्रस्ताव, पव र बारमा ग्राहको पर्खाई र आम्दानीको मेलोमेसो खोज्ने काममा उनीहरूको समूह नै सक्रिय हुन्छ । ठमेल, जमल, चावहिल, गौशाला, चक्रपथमा खाजभोली ‘अप्राकृतिक मैथुन’का लागि ग्राहकको खोजीमा निस्कन्छन्, उनीहरू ।

‘हामी पनि मान्छे हौं, खानुपर्छ । खानका लागि साधारण काम गर्ने अवसर छैन । अध्ययन छैन । त्यसैले यहि पेशालाई अँगालेका हौं’, प्रितम भन्छन्,‘हाम्रो असली परिचय र अनुहार कसैले पनि जान्दैनन् । ग्राहकलाई आकर्षित गर्न राम्री देखिनुपर्छ । त्यसैले कमाएको पैसाले बाँच्नेमात्र होइन, सँधैको व्यापारका लागि मेकअपका सामान पनि किन्नुपर्छ ।’

केही संस्थाले तयार पारेको तथ्यांक नेपालमा रहेका समलिंगी वा तेस्रोलिंगीका आधिकारीक संख्या होइनन् । न पेसागत रूपमा तयार पारेका संख्या पनि आधिकारीक छन् । ‘हामीलाई कतिपय संस्थाले लगानीको भाँडो बनाएका छन् । उनीहरूले भन्ने गरेको अध्ययनलगायतका तथ्यांकमा सत्यता हुँदैन, काठमाडौंमा प्रायः समलिंगीले यौन व्यावसाय नै अपनाउन परेको छ । कुनै प्रतिष्ठान र कम्पनीमा काम पाइँदैन ।’

सरकारले, कानुनले समान अधिकार दिएको सुनेका उनीहरू अहिले पनि पेशाबाट विमुख नहुनुको कारण निरक्षरता पनि हो । अध्ययन र प्रमाणपत्र नभएका कारणले मनग्य पैसा आउने पेशा अपनाउनुपर्दा अप्राकृतिक मैथुन नै रहेको बताउँछन् । ‘कहिलेकाहीँ जोखिम पनि हुन्छ । तर, जीन्दगी जोखिममा नै सुख छ भने किन यो पेसा नगर्ने?’, प्रितम थप्छन्,‘हाम्रा पनि केही ग्राहक हुन्छन् बजारमा ।’

सेक्सका लागि देशका ठूला व्यापारी, प्रभावशाली व्यक्तिहरूको आचरण समेत बुझेका छन्, उनीहरूको समूहले । तर आफुजस्तालाई राज्यको मूलधारमा स्थापित गर्ने कानुनको व्यवाहारिक कार्यान्वयन नभएको देख्दा दुखी पनि छन् । उनीहरूमा यहि पेशाको विकल्प केही छैन, पैसा जम्मा पार्न सके जवानीपछिका समयमा व्यापार गर्ने रहर पनि पालेका छन् । उनीहरू भन्छन्,‘पछि सुखी हुन अहिले केही जोखिम त उठाउनै पर्छ नि !’