झापाकी २८ वर्षीया पुष्पाले प्रेम यति कठोर पनि हुन्छ भनेर कहिल्यै साेचेकी थिइनन्

380

दमक(झापा) : बुद्धशान्ति गाउँपालीका २ जयपुरकी २८ वर्षीया पुष्पा गहतराज पोर्तेलले जीवनमा कहिल्यै सोचेकै थिइनन् कि प्रेम पनि यति कठोर हुन्छ भनेर। आफ्नै प्रेम र रोजाई अहिले जीवनकै कठिन बज्रपात बनेर उनीमाथि बज्रिएको छ। उनले २०६६ सालमा स्थानीय निश्चल पोर्तेल संग प्रेम विवाह गरिन्। उनीहरूका २ सन्तान मध्ये एक ७ बर्षको छोरा र ५ बर्षकी छोरी छन्। तर २०७० सालमा छोरी जन्मेको केही समयमै पुष्पाको श्रीमानले अर्जुनधार ९ की सन्जु लामघातेसँग दोस्रो विवाह गरे।

त्यसपछि भने पुष्पाको जीवनमा बज्रपात भयो। तत्कालीन गाउँ समाजको निर्णयले श्रीमानबाट अंश बापत ३ कट्ठा जमिन, छोरा छोरीलाई अध्यपन गराउने र दुख बिराम हुदा सहयोग गर्ने कागजी निर्णय भएको थियो। त्यस पश्चात पुष्पा आफैँले बनिबुतो गरेर छोरा छारीलाई पढाउने र घर चलाउदै आएकी थिइन्। गत पुसदेखि अचानक पुष्पालई कम्मरदेखि तल नचल्ने रोग लाग्यो।

माइतीको पहलमा उनको भारत सिलीगुडीको एक अस्पतालमा उपचार गरे पछि पुन: आफ्नो दैनिकीमा फर्किन, तर पुन गएको भदौदेखि सोही समस्या भएपछि अहिले माइतीको संरक्षणमा रहेर ओछ्यानमा नै थलिएर बसेकी छन् सामन्य बाँसको टाटीले बनाएको घर। अहिले उन्को घरमाा चाबी झुन्डिएको छ। यो अवस्था हुँदा समेत श्रीमानले उपचार गर्नु त परको कुरा भेट्न समेत नआएको पुष्पाको गुनासो छ।

पुष्पाका श्रीमानले आफ्ना छोरा छोरी र श्रीमतिलाई रेखदेख नगरेको पुष्पाको बुबा हरिकुमार गाहतराजको भनाइ छ। पुष्पा पोर्तेलको विषयलाई माइती पक्षले गत जेठमा नै गाउँपालिको न्यायिक समितिमा निवेदन दिएको थियो। न्यायिक समितिले गरेको पैसलाको कार्यान्वयन नभएको माइती पक्षको आरोप छ। यस विषयमा पीडक निश्चल पोर्तेललाई चाँडै कानुनी कारवाही गर्ने गाउँपालिकी उपाध्यक्ष मीरा भुर्तेलले बताइन्।

पुष्पाको कम्मरदेखि तलको भाग चल्दैन चिकित्कसको भनाई अनुसार धेरै खर्च लाग्ने भएको छ। आफूसँग पनि अार्थिक नभएको ज्वाइले पनि बेवास्ता नगरेकाले छोरीको उपचार हुन नसकेको आमा नैनाकला गहतराजको दुखेसो छ। अहिले छोरीको दिशा पिसाब कुर्सीमा प्वाल परेर गराउने गरेको आमा नैनाकलाले बताइन्। ह्विल चियर पनि नभएकोले एक ठाउँबाट अर्को स्थानमा जान पनि धेरै समस्य हुने गरेको छ।