श्रीमान–श्रीमतीले कहिल्यै नगर्नुहोस् यस्ता कुरा, जुन कुराको फाईदा तेस्रो ब्याक्तीले उठाउन सक्छन् ‘भिडियो’

172

बिहे भइसकेका श्रीमानश्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा पनि बिग्रने खतरा बढी हुन्छ ।

त्यसैले विवाहित पतिपत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा तेस्रो व्यक्ति वा आफ्नो अति नै नजिक साथीसँग पनि त्यस्ता केही कुराहरु सेयर गर्नुहुँदैन जसले तपाइँको वैवाहिक जीवन नै पूर्णरुपमा बिगारिदिन सक्छ ।

आफ्नो सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा स्टाटस हाल्नु वैवाहिक जीवनमा नोक्शानी पु–याउन सक्छ ।

पतिपत्नी बीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले जानीकन वा नजानीकन साथीहरुसँग सेयर गरिरहेको हुनसक्छ । त्यसले तपाइँको सम्बन्धमा टकराव पर्ने वा अन्य तेस्रो व्यक्तिले अनावश्यक लाभ उठाउने अवसर पनि मिल्दछ ।

तपाइँको व्यक्तिगत जीवनको कुरा सार्वजनिक स्थलमा छलफल हुनु वा सामाजिक सञ्जालमा मजाकको विषय बन्नु तपाइँ आफैलाई घाटा हो ।
त्यसैले यस्ता कुरामा बडो चनाखो हुनुपर्दछ ।

भिडियो:-