सलमानकोे स्वयंवरमा दुई सुन्दरीको प्रतिस्पर्धा, कसले पहिर्याउँला त सलमानलाई स्वयंवरको माला ? (भिडियो सहित)

82

सलमानकोे स्वयंवरमा दुई सुन्दरीको प्रतिस्पर्धा, कसले पहिर्याउँला त सलमानलाई स्वयंवरको माला ? (भिडियो सहित)

एजेन्सी,१० मंसिर । बलिउडमा सधै विवाहको चर्चा हुने तर विवाह नगरेका बलिउड स्टार सलमान खानले स्वयंवर गरिसकेका छन् । चर्चित रियालीटी शो बिगबोसको पर्दामा सलमानसँग स्वयंवर गर्न भनि प्रतिस्पर्धामा आएका चर्चित शो नागिनी ३ का सुन्दरी सुरभी ज्योती र अनिता हसनन्दानी हातमा वरमाला लिएर स्वयंवर गर्ने प्रतिस्पर्धीको रुपमा उपस्थित भएका छन् ।

दुवैले आफ्नो तारिफ गर्दै आफुलाई एक अर्काको बिच ठूलो बनाउने कोसिस गरेका छन् । दुवै प्रतिस्पर्धीलाई सलमानले उमेर सोध्दा एउटीले एक हजार वर्षकी बताएकी थिइन् भने अर्कीले उ भन्दा म के कम भन्दै आफु ७ सय ८० वर्ष भएको बताएकी थिइन् । यसरी दुवैलाई नागिनीलाई आफ्नो गलैफ्रेण्ड बनाउन पाएकोमा खुसी हुँदै सलमानले आफु धेरै भाग्यमानी भएको बताएका छन् ।