Saturday, January 25

काँकडभिट्टामा भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध

काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सडक मर्मत कार्यको छड्के अनुगमन गरेका छन् । काठमाडौंको माइतीघरबाट तीनकुनेसम्म मर्मत भईरहेका सडकको शनिबार अनुगमन गरेका हुन्। मन्त्री नेम्बाङ आफ्नो नीजि नम्बर प्लेटको गाडी आफै ड्राइभ गरेर अनुगमनमा सुटुक्क निस्किए । दिउँसो ४ः १५ बजे नयाँ बानेश्वर, मीनभवनलगायतका ठाउँमा सडक मर्मत भइरहेको स्थानमा उनकोे सेतो गाडी रोकियो ।

जहाँ ट्राफिक डाइभर्सनका लागि डोरी टाँगिएका थिए । डोरी टाँगिएकै अगाडी प्राइभेट नम्बरको गाडी रोकिएपछि एकछिन त सडक निर्माणमा खटिएका कर्मचारीहरु अलमलमा परे । जब ती कर्मचारीले विभागीय मन्त्री नै अनुगमनमा आएको थाहा पाए हत्तपत्त डोरि खोलियो । नेम्बाङ गाडीबाट ओर्लिएर सडक मर्मत भइरहेको स्थानमा सुक्ष्म अवलोकन गर्नुका साथै निर्माणमा खटिएका कर्मचारीबाट जानकारी समेत लिए । जहाँ विछ्याइएको अस्फाल्टको परीक्षण समेत गरियो ।

निर्माणमा खटिएकी इन्जिनियर सजना अधिकारीले अस्फाल्टको तह चार सेन्टिमिटर हुने तर अहिले रोलरले नथिचिएकाले छ सेन्टिमिटर रहेको जानकारी गराइन् । अघिलो शनिबारदेखि यो सडक खण्डको आवधिक मर्मत कार्य भइरहेको छ । ट्राफिक चापका कारण शनिबार–शनिबार मात्र काम भइरहेको र आउँदो शनिबार निर्माण कार्य सक्ने लक्ष्य राखिएको इन्जिनियर अधिकारीले जानकारी दिइन् ।

त्यस्तै मन्त्री नेम्बाङले लाखौ सेवाग्राहीले समस्या झेलिरहनु परेको स्मार्ट लाइसेन्स छपाईको समेत छड्के अनुगमन गरेका छन् । यातायात व्यवस्था विभाग पुगेर स्मार्ट लाइसेन्स छाप्नका निम्ति सञ्चालनमा लिइएको मास प्रिन्टको वस्तुस्थिति बारे उनले जानकारी लिए । ट्रायल पास गरेर एक बर्षसम्म लाइसेन्स नपाउने अवस्थाको अन्त्य गरि सहज रुपमा लाइसेन्स वितरण गर्न उनले पहल थालेका छन् ।पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताएका छन् ।

मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आज मात्र पार्किङ गरेर राखिएका ५० गाडीलाई हटाइएको छ । भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए । यसअघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीले यात्रु झार्ने बित्तिकै नाकाबाटै फर्किनुपर्ने र अटेर गरेमा कारवाही गरिने उनको भनाइ छ ।

पर्यटन वर्ष नजिकिरहेको अवस्थामा नाकामा सवारी साधानको पार्किङलाई व्यवस्थित गर्न र अनाधिकृत रुपमा नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न उक्त अभियानको शुरुवात गरिको मेची भन्सार कार्यालयका प्रमुख धुव्र विश्वकर्माले बताएका छन् । उहाँका अनुसार ती सवारी साधानले भन्सारमा राजश्व तिरेर वा सुविधा लिएर दिनभर नेपाली भू-भागतिर घुमे पनि साँझ भारत नै फर्कनु पर्नेछ ।

यो पनि पढ्नुस

कैलालीको टीकापुर नगरपालिका-७ कालाकुण्डाको मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बलले रोकेको छ। राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले मोहना नदीमा निर्माण गरिरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेको हो।

भारतीय सीमा सुरक्षा बलले उक्त तटबन्ध भारतीय क्षेत्रमा परेको भन्दै निर्माण कार्यमा रोक लगाएको हो। आयोजनाले उक्त क्षेत्रमा ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जे.भी. निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। निर्माण कम्पनीले सो क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ।

कम्पनीका प्रतिनिधि धिरेन्द्र शाहीले भारतीय सीमा सुरक्षा बलले भारतीय सीमा क्षेत्र पर्ने भएकाले निर्माण कार्यमा रोक लगाएको बताए। भारतीय पक्षले निर्माण रोके झण्डै ५० मिटर बढी क्षेत्रमा निर्माण कार्य प्रभावित हुनेछ।

टीकापुर नगरपालिका-७ का अध्यक्ष रामलाल डगौंरा थारुले कालाकुण्डा प्रहरी चौकीको ठीक अगाडि मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय पक्षले रोकेको बताए। अध्यक्ष थारुका अनुसार सो क्षेत्र नेपाल भारत सीमा स्तम्भ नं. १०७ देखि १०९ सम्म पर्छ। ‘१०७ नम्बर पिल्लर नेपालतर्फ छ, १०९ भारततर्फ पर्छ’, थारुले भने, ‘१०८ नम्बर पिल्लर मोहना नदीमा परेका कारण पनि भारतले सो क्षेत्रलाई आफ्नो भन्दै निर्माण कार्य रोकेको हो।’

केही वर्ष पहिलेदेखि १०९ नम्बर पिल्लर नदीले बगाएको थियो। भारतले १०७ नम्बर पिल्लर र १०९ नम्बर पिल्लरको सिधै आफ्नो क्षेत्र भएको दावी गरिरहेको छ भने नेपालले १०८ नम्बर पिल्लरको खोजी गरेर मात्रै सीमा तोक्नुपर्ने दावी गर्दै आएको छ।

रानी, जमरा, कुलरिया सिचाईं आयोजनाका प्रमुख मोहनकुमार शाक्यले भारतीय पक्षले तटबन्ध निर्माणमा रोक लगाएको बताए। सो क्षेत्रमा लामो समयदेखि मोहना नदीले धार परिवर्तन गर्ने र सीमा स्तम्भ बगाउने गरेका कारण पनि सीमा विवाद हुँदै आएको छ।

अहिले सञ्चालनमा आएको उक्त मास प्रिन्टले दैनिक दश हजार प्रिन्ट गर्छ । यस मेसिनले प्रभावकारी रुपमा काम गरे लाइसेन्सको समस्या चार महिनामा समाधान हुनेछ । ट्रायल पास गरेका करिव ८ लाखले लाइसेन्स पाएका छैनन् ।

अनुगमन गर्दै गरेका केहि तस्विर तल हेर्नुहोस :

प्रतिकृया दिनुहोस्