मुसलधारे बर्षामा सैनिकले एक्कासी गाडी रोके, रिसाएका पछाडि गाडीवालाहरु वास्तविक थाहा पाउँदा भावुक#OMG

66

अमेरिकाको केन्टकीबाट बाहिर जाने एक सडकमा एक सैनिक जवानले अचानक गाडी रोके । मुसलधारे वर्षामा उनले गाडी रेक्नासाथ पछाडि आइरहेका गाडीहरु रोकिन्छन् । सैनिकको गाडीको ठिक पछाडिको गाडीमा एक महिला थिइन् । महिलाले देखिन् कि ती सैनिक भयानक वर्षामा सडकमा निस्केर सावधानको मुद्रामा सडकमा उभिए । यो देखेर महिला चकित परिन् । उनले बुझ्न सकिनन् कि ती सैनिक यस्तो किन गर्दैछन् । तर छिट्टै वास्तविकता खुल्यो । एरिन हेस्टर नामकी महिलाले यो फोटोको साथमा एउटा भावुक बनाउने पोस्ट आफ्नो फेसबुकमा शेयर गरेकी छिन् ।

महिलाले लेखेकी छिन् ‘पहिले त मलाई ती सैनिकले अचानक गाडी रोकेकोमा रिस उठिरहेको थियो । त्यसपछि मैले देखें कि उनी भारी वर्षामा गाडिबाट झरेर सावधानको मुद्रामा आए । मैले केही सोच्नुभन्दा पहिले बायाँतर्फबाट गइरहेको गाडी देखें । त्यो एक शव वाहन थियो । त्यसको कसैलाई अन्तिम संस्कारका लागि लगिँदै थियो ।’ महिलाले अगाडि लेखिन् ‘म यो देखेर भावुक भएँ । आजभोली मानिसहरु शव वाहनको अगाडि रोकिनु त परको कुरा बरु आफ्नो गाडीले उछिन्न खोज्छन् । तर मानिसहरु बिर्सिन्छन् कि मानिस यहाँभन्दा अगाडि जाँदैन । ती सैनिकले जसरी उभिएर ती मृत व्यक्तिलाई सम्मान दिए त्यसले मेरो मन छोयो । शववाहन गएपछि म उनलाई सलाम गरेर अगाडि बढें ।’

एरिन सैनिकले ती मृत व्यक्तिलाई दिएको सम्मान देखेर निकै प्रभावित भइन् । उनलाई लाग्यो कि शायद सेनामा यस्तो कुनै नियम होला जसमा कसैको अन्तिम यात्रा देखेपछि सम्मान दिइन्छ । तर उनले यस्तो कुनै नियम भएको जानकारी पाइनन् । एरिनले बुझिन् कि यस्तो कुनै नियम थिएन । ती सैनिकले त मात्रै मानवताको नाताले त्यो सम्मान दिएका थिए ।